असार ७ गते । निजी हवाई सेवा कम्पनीहरुले भोलि देखि सेवा अवरुद्ध गर्ने भएको छ ।
उनीहरुको छाता संगठन नेपाल वायु सेवा सञ्चालक संघले सरकारले यसअघिको सम्झौतालाई वेवास्ता गर्दै एकपक्षीय रुपमा वायु सेवा सञ्चालनको नयाँ व्यवस्था कायम गरेको, यात्रु सेवा शुल्क, ल्याण्डिङ, पार्किङ, नेभिगेसन लगायतको शुल्क वृद्धि गरिएको भन्दै नागरिक उड्ययन प्राधिकरण (क्यान) विरुद्ध संघ आन्दोलनमा उत्रिएको हो ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले ५ बुँदे माग पत्र सार्वजनिक गरेको छ ।
आफूहरुको उक्त माग यथाशीघ्र सम्बोधन नभए आगामी असार ८ गते ९भोलि०देखि सम्पूर्ण हवाई सेवा बन्द गरी आन्तरिक उडान अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।