संखुवासभाको चैनपुर नगरपालिका–११ कि ८६ वर्षीया मनमाया मगरको आगोले जलेर मृत्यु भएको छ।
घरमा एक्लै बस्दै आएकी वृद्धाले चुलोमा आगो सल्काउने क्रममा अचानक आफनै कपडामा आगो सल्किएको थियो। जसले गर्दा उनी गम्भीर घाइते भएकी थिइन्।
गम्भिर अवस्थामा उनलाई आफन्तले आज बिहान ७ बजे फेला पारी उपचारको लागि जिल्ला अस्पताल खाँदबारी ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।