आगामी तीन दिन देशका प्रमुख नदीमा पानीको बहाव सतर्कता तहभन्दा तलै रहने अनुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले तीन दिनसम्म प्रमुख नदीहरूमा पानीको बहाव सतर्कता तहभन्दा तलै रहने अनुमान गरेको हो ।
महाशाखाले नदीतटीय क्षेत्रका कार्य सजगता अपनाएर गर्न सकिने जनाएको छ ।
आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलढुङ्गा, काभ्रेपलाञ्चोक, तनहुँ, स्याङजा र आसपास भई बहने केही स–साना नदीमा आकस्मिक बहाव हसन सक्ने विभागले जानकारी दिएको छ ।
विभागले नदी तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन पनि आग्रह गरेको छ ।