पाकिस्तानका कप्तान बाबजर आजमले भारतीय पुर्व कप्तान विराट कोहलीको सर्वाधिक छिटो १ हजार रन बनाउने कीर्तिमान तोडेका छन्।
२७ वर्षिय पाकिस्तानी स्टार ब्याट्सम्यान आजमले बुधबार राति भएको खेलमा आफ्नो करिअरको १७ औं शतक प्रहार गर्दै छिटो हजार रनको कीर्तिमान बनाए।
पाकिस्तान १-० ले अघि
आजमको शानदार शतकीय इनिङको सहयोगमा पाकिस्तानले वेस्टइन्डिजलाई ५ विकेटले पराजित गर्न सफल भयो। जितसँगै पाकिस्तानले तीन एकदिवसिय सिरिजमा वेस्टइन्डिज विरुद्व १-० को अग्रता बनाएको छ।
यो खेलमा वेस्टइन्डिजले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५ रनको शानदार स्कोर तयार गरेको थियो। ओपनर शाहि होपले १ सय २७ रनको सानदार शतकीय इनिङ खेलेका थिए भने शमर्श ब्रोकले ७० रन बनाएका थिए। पाकिस्तानका हरिस रउफले ४ विकेट लिएका थिए।
३ सय ६ रनको लक्ष्य पछ्याएको पाकिस्तानले कप्तान आजमको १ सय ६ रनको शतकीय इनिङमा ४ बल अगावै ५ विकेट गुमामएर लक्ष्य पुरा गरेको थियो। पाकिस्तानका लागि इमाम उल हकले ६५ रन बनाउँदा मोहम्मद रिजवानले ५९ र खुसिदिल शाले ४१ रनको नटआउट इनिङ खेले।
मुलतानमा १४ वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट
पाकिस्तानको मुलतानमा १४ वर्षपछि अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता भएको छ। यसअघि २००८ मा यो मैदानले बंगलादेशलाई आतिथ्यता दिउको थियो। निकै खुसि देखिएका समर्थक माझ बाबरले आफ्नो शानदार खेल देखाउँदै जित दिलाए।
१३ इनिङमानै १ हजार रन
पाकिस्तानका कप्तान आजामले एकदिवसिय क्रिकेटमा १ हजार रन पुरा गर्न धेरै समय लगाएनन्। उनले यो आँकडा केवल १३ इनिङमानै पुरा गरे। उनी विश्व क्रिकेटमा सर्वाधिक चाँडो धेरै रन बनाउने कप्तान समेत बने। यसअघि यो रेकर्ड भारतीय पुर्व कप्तान विराट कोहलीको नाममा थियो। कोहलीले १७ इनिङमा १ हजार रनको कीर्तिमान बनाएका थिए। सर्वाधिक चाँडो हजार रन बनाउनेमा एबी डी भिलियर्सले १८ इनि, तथा केन विलियमसनले २० इनिङ र एलिस्टर कुकले २१ इनिङमा १ हजार रनको कोसेढुङ्गा पुरा गरेका थिए।
एकदिवसिय क्रिकेटमा दोस्रो पटक शतकको ह्याट्रिक
बाबरले एकदिवसिय क्रिकेटमा दोस्रो पटक शतकको ह्याट्रिक पुरा गरे। उनले दोस्रो ह्याट्रिक पुरा गर्ने क्रममा एकदिवसिय क्रिकेटमा लगातार तेस्रो शतक प्रहार गरे। पाकिस्तानी कप्तानले वेस्टइन्डिज सँग खेल्नु अघि अस्ट्रेलिया विरुद्व लगातार २ शतक प्रहार गरेका थिए। उनले यसअघि २०१६ मा शतकको ह्याट्रिक लगाएका थिए। त्यसबेला क्यारेबियन टीम विरुद्व लगातार ३ शतक प्रहार गरेका थिए।
म्यान अफ द म्याच ट्रफी जूनियर शाहलाई दिए
खेलका दौरान कप्तान आजमलाई म्यान अफ द म्याच घोषित गरिएको थियो। तर उनले आफ्नो उक्त ट्रफि जुनियर खेलाडी खुर्सीद शाहलाई दिएका थिए। शाहले अविजित ४१ रनको निर्णायक इनिङ खेलेका थिए। शाहको अविजित इनिङलेनै पाकिस्तानको जित निश्चित भएको थियो।