२०७९ जेठ ४ गते । निवर्तमान मेयरलाई पराजित गर्दै महोत्तरीको रामगोपालपुर नगरपालिकामा रामदुलार साह विजयी भएका छन् ।नेकपा एमालेबाट मेयरमा रामदुलार साह १७६३ मतले आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार निवर्तमान मेयर अशोक कुमार मण्डललाई पराजित गरेका हुन् ।
साहले ५३४९ मत प्राप्त गर्दै जित हासिल पारेका छन् भने प्रतिद्वन्दी मण्डलले मात्र ३५८६ मत प्राप्त गर्न सके ।
यता उपमेयरमा एमालेकै रिना देवी यादव विजयी भएकि हुन् । उनले ४२६३ मत प्राप्त गर्दै आफ्नो निकटतम प्रतिद्वन्दी काँग्रेस कि पुष्पा देवी कुशवाहालाई ८६० मतको मतान्तरले पराजित गरिन् ।
कुशवाहाले ३४०३ मत प्राप्त गरेकी छन् । १५ वटा पालिका रहेको महोत्तरीमा २०७४ को निर्वाचनमा नेकपा एमाले एउटा पालिका समेत जित्न सकेको थिएन ।