वैशाख २० । बिदेह नगरपालिका बाट स्वतन्त्र रुपमा मेयर पदका उम्मेदवार गोबिन्द साह उम्मेदवारी दिएका छन् ।
साहले बिदेह नगरपालिकमा जुन प्रकारले विकास हुनेपर्ने थियो त्यस अनुसार नभएको र पालिकाको विभिन्नगाउँ र टोलका स्थानीयहरुले आफुलाई यस पालिकाको जिम्मा लिन आग्रह गरे पछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
उनले आफु जिते नगरमा मच्छरको समस्या,सडक सुधार कार्यक्रमलाई नेतृत्व लिनेछु
शिक्षा,कृषि ,पर्यटन आ रोजगार,बति, सरसफाई जस्ता विभिन्न विकासहरू लगायतको कमी रहेकाले त्यस तर्फ केन्द्रीत भएर काम गर्ने बताए । आफ्नो नगरको विकासका लागि स्वतन्त्र रुपमा मेयर पदका उम्मेदवारी दिएको बताए ।
मेयर पदका उम्मेदवार गोबिन्दसाहले भनें मलाई लालटेन छापमा मतदान गरि अत्याधिक मतले विजयी गर्दिन आग्रह समेत गरेका छन्।