काठमाडौं । विभिन्न ७ धार्मिक संस्थाले हिन्दु धर्म र देशको गौरव बचाउनको लागि आन्दोलित भन्दै काठमाडौं जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएका छन् ।
राज्यले सनातन धर्मको अवहेलना गर्दै संविधानमा धर्म निरपेक्ष भन्ने शब्द उल्लेख गरेकोले हामी ९४% ॐ कार परिवारको आस्था माथी प्रहार भएको भन्दै प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल समक्ष ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा धर्मलाई नै आधार मानेर नेपालमा हाल सनातन हिन्दु माथी विभिन्न किसिमको अमानवीय गतिविधिहरु देखा परेको र सो गतिविधि नियन्त्रण गर्नको लागि राज्य उदासीन रहेको उल्लेख गरिएको छ ।
समस्या समाधानको लागि ज्ञापनपत्रमा ४५ दिनको अल्टिमेटम दिइएको नेपाल सनातन धर्म संस्कृति संगठनका प्रमुख पुष्प राज पुरुषले बताएका छन् ।
ज्ञापनपत्रमा नेपाललाई सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्ने, पशुपतिनाथ मन्दिर लगायत देशका सबै मठ मन्दिर देवालय धार्मिक तीर्थ स्थल गुम्बा आदि धार्मिक क्षेत्रमा शारीरिक दुरि कायम गरि नियम अनुसार दर्शन गर्न र पूजाआजा गर्न गराउन तत्काल खुला गर्नुपर्ने, पुजारीहरुको हत्यारालाई अविलम्ब पक्राउ गरी दोषी उपर हदैसम्मको कारबाही गर्नुपर्ने, गौमाताको रक्षा गर्नुपर्ने, विद्यालयहरुमा संस्कृत, नैतिक, भुगोल र इतिहास एवं सबै नेपालीको स्वदेशी धार्मिक सांस्कृतिक महत्त्व बुझाउने शिक्षा पठन पाठन गराउनुपर्ने, मन्दिरको वरपर रक्सी मासु बिक्री वितरणमा प्रतिबन्ध लगाउनुपर्ने लगायतका मागहरु राखिएको छ । ज्ञापनपत्र
