चैत २९ गते ।नेपाली सेना त्रिभुवन आर्मी क्लबका खेलाडीहरुले विभिन्न स्थानमा संचालन भएका प्रतियोगिताहरुमा सहभागी भई स्वर्ण पदक-१०, रजत पदक-१२ र कास्य पदक-११ गरी कुल जम्मा-३३ पदक, ट्रफी, प्रमाण(पत्र तथा नगद पुरस्कार प्राप्त गर्न सफल भएको व्यहोरा जानकारी गराईन्छ ।नेपाल कराते महासंघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ र जिल्ला प्रमुख डोजो ललितपुर लगनखेलको संयुक्त आयोजनामा मिति २०७८ चैत्र २४ गतेदेखि २६ गतेसम्म ललितपुरमा संचालन भएको प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता मा स्वर्ण पदक ४, रजत पदक ५ र कास्य पदक ३ जित्न सफल भएको छ।
नेपाल खो:खो: संघको आयोजनामा मिति २०७८ चैत्र २४ गतेदेखि २६ गतेसम्म काठमाण्डौं जिल्ला, कीर्तिपुरमा संचालन भएको सातौं राष्ट्रिय पुरुष खो:खो: प्रतियोगिताू मा प्रथम स्थान हासिल गरी टिम च्याम्पियन बन्न सफल भएको छ।
बेलका नगरपालिका, नेपाल ह्याण्डबल संघ र जिल्ला ह्याण्डबलको आयोजनामा मिति २०७८ चैत्र २१ गतेदेखि २४ गतेसम्म उदयपुर जिल्ला, रामपुरमा संचालन भएको खुल्ला मेयर कप राष्ट्रिय पुरुष ह्याण्डबल प्रतियोगिता मा प्रथम स्थान हासिल गर्न सफल भएको मित्रराष्ट्र थाईल्याण्डको बैङ्ककमा मिति २०७८ चैत्र १८ गतेदेखि २७ गतेसम्म संचालन भएको थाईल्याण्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ्ग च्याम्पियनसिप मा कास्य पदक-१ जित्न सफल भएको छ।
राष्ट्रिय जागृति क्लबको आयोजनामा मिति २०७८ चैत्र १९ गतेदेखि २६ गतेसम्म सुनसरी जिल्ला, ईटहरीमा संचालन भएको अन्तराष्ट्रिय आमन्त्रण ईटहरी गोल्डकप फुटबल प्रतियोगिता-२०७८ मा द्वितिय स्थान हासिल गर्न सफल भएको नाम्ची जिल्ला प्रशासन कार्यालय, सिक्किम, भारतको आयोजनामा मिति २०७८ चैत्र २६ गते संचालन भएको Epic Himalayan Duathlon 2022 मा स्वर्ण पदक-१, रजत पदक-२ र कास्य पदक-१ जित्न सफल भएको छ ।
नेपाल जुडो संघको आयोजनामा मिति २०७८ चैत्र २५ गतेदेखि २७ गतेसम्म काठमाण्डौंको बहुउद्देशिय मार्शल आर्ट केन्द्र(MMAC) खुसिबुमा संचालन भएको स्व अम्बिका बहादुर स्मृति सिनियर महिला तथा पुरुष जुडो प्रतियोगिता मा स्वर्ण पदक ४ , रजत पदक ५ र कास्य पदक-६ जित्न सफल भएको । कर्णाली खेलकुद क्लब, जुम्लाको आयोजनामा मिति २०७८ चैत्र २६ गते संचालन भएको तेस्रो जुम्ला रारा अल्ट्रा म्याराथन-२०७८ मा स्वर्ण पदक-१ जित्न सफल भएको छ।