५ पुस , २०७७
महोत्तरीमा टयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जलेश्वर नगरपालिका–७ स्थित बख्रि टोलबाट माटो लोड गरी बेलातर्फ जाँदै गरेका ज १ त ३५७९ नम्बरको टयाक्टर दुर्घटना हुँदा परिचय खुल्न नसकेको अन्दाजी २३ वर्षीय चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
टयाक्टर मोड्ने क्रममा दाँया साइडको बीच र पछाडी पट्टीको चक्का गडेका कारण ईन्जिनको भाग उठ्न गई इन्जिनको भाग र पछाडी टेलको बीचमा च्यापिएर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घटना सम्बन्धम थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।