१५ असोज, धनकुटा । राप्रपा र राप्रपा संयुक्तको एकता पछि निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया चल्दै गर्दा एकताको भावना अनुरुप जिल्ला तहको समायोजन शुरु भएको छ । असोज ११ गते बसेको राप्रपाको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले जिल्ला र भातृ संगठनलाई आपसी समझदारी कायम गरि समायोजन गर्न असोज २१ गतेसम्मको समय सिमा तोकेको थियो । यस क्रममा आज धनकुटामा पार्टी समायोजन सम्पन्न भएको छ ।
पार्टीका संस्थापक अध्यक्ष सूर्यबहादुर थापा र उनका छोरा सुनील बहादुर थापाको जिल्ला भनेर चिनिने धनकुटामा थापा परिवार भित्रकै कुमार बहादुर थापा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका छन् । केही समय अघि राप्रपा परित्याग गरि कांग्रेस प्रवेश गरेका थापापुत्र पूर्वमन्त्री सुनिल थापालाई धनकुटाको साथ लगभग शुन्य भएको छ ।